अमेरिका । एआई क्षेत्रको चर्चित अमेरिकी एप च्याट जीपीटीको भन्दा चिनियाँ एप डीप सीक धेरै डाउनलोड भएको छ ।
यो एपका निर्माता चीनको दक्षिणी शहर हाङचाउमा रहेका ४० वर्षका युवा लिआङ वनफङ हुन् ।अमेरिका, बेलायत र चीनमा यो एपलाई डाउनलोड गर्नेहरु च्याट जीपीटीभन्दा धेरै भएको छ ।
बेलायती विश्व च्यानल बीबीसीका अनुसार यही जनवरीमा सार्वजनिक भएको एप अमेरिकाको एआई नेतृत्वलाई चुनौती दिनेगरी अगाडि आएको छ ।
डीप सीक च्याट जीपीटीभन्दा धेरै लगानीमा तयार भएको एप हो । यसको लागत ६० लाख अमेरिकी डलर भएको बीबीसीले उल्लेख गरेको छ ।
सन् २०२१ बाट एआईलाई चल्न आवश्यक चिप्सहरुको निर्यातमा अमेरिकाले कडाइ गरे तापनि चिनियाँ एपहरुले अमेरिकीसँग प्रतिस्पर्धा गरेको बीबीसीले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्