१६ माघ २०८१, बुधबार

कांग्रेसको तराई-मधेश समन्वय विभागमा १० सदस्य मनोनीत

कोलोराडोखबर संवाददाता , January 28th, 2025

नेपाल । नेपाली कांग्रेसको तराई-मधेश समन्वय विभागमा १० सदस्य मनोनीत भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य किरण यादव प्रमुख रहेको विभागमा उनीहरूलाई मनोनयन गरेका हुन् ।

मनोनीत हुनेहरूमा कृष्णवर्त सिंह– बारा, सहसराम यादव– कपिलवस्तु, प्रमोदकुमार झा– सप्तरी, मोहनलाल कलवार– नवलपुर र श्यामदेव मेहता– सुनसरी रहेका छन् ।

यसैगरी अरुणकुमार सिंह– सिरहा, रामकृपाल यादव– रौतहट, दिलमाया अधिकारी– काठमाडौं, लालबहादुर राउत राय– कञ्चनपुर र उमेश चौधरी– सर्लाही रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्