१५ माघ २०८१, मंगलवार

तमु प्ये ल्हु अमेरिकाको आयोजनमा बोल्डरमा ‘माँ ङि त्हे’ कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोखबर संवाददाता , January 27th, 2025

कोलोराडो । तमु जातिको मौलिक संस्कार सँस्कृति, परम्परा, भाषा, भेषभुषा तथा ऐतिहासिक संरचना तथा पृष्ठभूमिको संरक्षण, सम्बर्धन तथा प्रवर्धनको लागि जन्मदेखि मृत्यु सम्मका संस्कार र परम्परा तथा प्राचिन पौराणिक जातिया सांस्कृतिका धनी, तमु (गुरूङ) जातीको आफ्नै रितिरिवाज, चाड पर्ब सम्बन्धि आफ्नै बिशिष्ट परम्परा अझैसम्म जीवित छन् ।

तमु जातीको पुर्खौली धर्म, बोन धर्म अनुसार माघे संक्रान्ती (माँ ङिँ त्हे) पनि एक महत्वपूर्ण चाड पर्व मध्यमा पर्दछ । माँ ङिँ तमुहरुको परम माता हुनुहुन्छ भने यस दिन वहांको नाममा पुजा(त्हे) गरेर आफ्ना चेलीबेटीहरुलाई माना चामल दिने (सि म्हन पिँब) र माया सद्भाव बाड्ने चलन रहिआएको छ ।

यसै अवसरमा तमु प्ये ल्हु अमेरिकाद्वारा बोल्डरमा आयोजित कार्यक्रमलाई दुई चरणमा बिभाजन गरिएको थियो, औपचारिक कार्यक्रम संस्था अध्यक्ष तथा कार्यक्रमका सभापति चक्र ब क्रोम्छे तमु, संस्था उप प्रमुख सल्लहाकार चिजमाया ल्हेगे तमु र महिला बिभागका अध्यक्ष पार्वती क्रोम्छे तमुसहितको बाहुली बाट कोहिवो धि मा द्विप प्रज्वलन गरी, वोन प्रर्थाना र तमु राष्ट्रिय गान बाट शुरु भएको थियो ।

उक्त कार्यक्रम संस्थाका संचालक समितिका सदस्य चन्द्र ल्हेगे तमुले सन्चालन गर्नु भएको थियो । संस्थाका प्रथम उपाध्यक्ष ढक ब ल्हेगे तमुले स्वागत तथा शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमका संचालकबाट ‘माँ ङि त्हे’ पर्वको धार्मिक महत्व, एैतिहसिक पक्ष माथि प्रकाश पर्नु भएको थियो ।

संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापतिबाट संस्थाका नव सदस्य, संस्थाको दशौ वार्षिक उत्सवमा सम्पन्न भलिवल प्रतियोगितामा स्वयम सेवक भूमिका निभाउनु हुने ब्यक्ती तथा सहयोग गर्नु हुने महानुभाबहरुलाई प्रमाण पत्र तथा प्रशंसा पत्र बितरण गरी स्वागत तथा शुभकामना मन्तब्य ब्यक्त गरी औपचारिक कार्यक्रम समापन भएको थियो ।

दोश्रो चरणमा होल कम्युनिटी हाजिरिजवाफ प्रतियोगिता र म्युजिकल चेयर प्रतियोगिता आयोजना गरेको थियो । हाजिरि जवाफमा ५ समुह बिभाजन गराइएको थियो भने संस्थाका प्रथम उपाध्यक्ष ढक ब ल्हेगे तमुले प्रश्न संकलन गर्नु भ​एको थियो भने चन्द्र ल्हेगे तमुले सन्चालन गर्नु भ​एको थियो । शंकर तमु, राम प् तमु, कैलाश तमु , बिनोद तमु, जोउ ब तमु सहायक भुमिका निभाउनु भ​एको थियो । प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमहरुलाई संस्थाका अध्यक्षबाट नगद पुरस्कार बितरण भएको थियो ।

सेल रोटी र अचार पकाइ सहयोग गर्नु हुने प्रेमा तमु, नौ माया तमु, धौलसिरी तमु,पार्वती तमु ज्यु हरुलाई आयोजक संस्थाले हार्दिक आभार तथा धन्यबाद व्यक्त गरेको छ । प्रतियोगिता पश्चात रात्रि भोजसँगै खुला नाचगानका सम्पन्न भ​एको थियो ।

प्रतिक्रिया दिनुहोस्