नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकढिक्का भएर संसदमा एउटै आवाज उठाउन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।
शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र सांसद एवं पार्टीबाट सरकारमा सहभगी मन्त्रीहरूसँगको छलफलमा सभापति देउवाले यस्तो निर्देशन दिएका हुन् ।
बैठकमा मन्त्रीहरूले सरकारका काम, कारबाहीबारे जानकारी गराएका थिए । वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम, कारबाही, संसदमा प्रस्तुत भएका विधेयकहरू, अध्यादेश र आउने विधेयकहरूका विषयमा गहन छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्