नेपाल । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार देशको विकासका निम्ति गठन भएको बताएका छन् । देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उनको कथन छ ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान सरकार गठन भए यता आर्थिक सुधारका काम भएका तथा ती सुधार आर्थिक परिसूचकबाट पनि पुष्टि भएको बताए ।
उनले निर्माण व्यवसायीको भुक्तानी नरोकिने प्रष्ट पारे । अर्थमन्त्रीले पुँजीगत खर्चमा सुधार भइरहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्