अमेरिका । गत सोमबार दोस्रो कार्यकालको राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिको कारणले अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली आगामी ६ महिनाभित्र फिर्ता हुने देखिएको विभिन्न सञ्चारमाध्यमहरुमा खबर आएको छ ।
गैरकानूनी रूपमा अमेरिकामा बसोबास गरेका र बसोबास गर्ने कानूनी आधार कमजोर भएर अदालतबाटै फैसला आएकाहरू नेपाल फिर्ता हुनु पर्ने आशंका छ ।
स्वदेश फर्किनुपर्ने बहुसंख्यक नेपाली सन् २०१५ जुन २४ पछि अमेरिका पुगेकाहरू भएको समाचारमा जनाइएको छ ।
पछिल्लो ४ वर्षमा अमेरिकाबाट १०३ नेपालीलाई फर्काइको छ । जसमा सन् २०२१ मा ३८, २०२२ मा २४, २३ मा २५ र २४ मा १६ जना छन् ।
प्रतिक्रिया दिनुहोस्