११ माघ २०८१, शुक्रबार

निजी क्षेत्रसँगको सहकार्यमा रोजगारीको सृजना गर्न सरकारले वातावरण सृजना गर्नुपर्छः थापा

कोलोराडोखबर संवाददाता , January 24th, 2025

नेपाल । नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले धेरै कमाउने आशामा विदेशिने क्रम बढेकोले हरेक वर्ष ५ लाख युवालाई रोजगार दिन आवश्यक भएको बताउनु भयो । उहाँले अहिले मुलुकको मुख्य समस्या बेरोजगारी भएको बताउनुभएको छ ।

बिहीबार पश्चिम नवलपरासीको प्रतापपुरमा प्रस्तावित आदर्श क्याम्पसको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दे महामन्त्री थापाले जिविकोपार्जन गर्न नसक्दा युवाहरू विदेशिने क्रम बढेको बताउँदै व्यवहारिक शिक्षा आवश्यक भएकोमा जोड दिनुभयो ।

बजारमा माग एउटा तर हाम्रो शिक्षा प्रणालीमा अर्कै विषय पठनपाठन भइरहेको बताउँदै उहाँले बजारको माग पूर्ति गर्ने खालको शैक्षिक प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो । बेरोजगारीको समस्या समाधान हुने बित्तिकै मुलुक फरक गतिमा अगाडि बढ्ने बताउँदै उहाँले आवश्यक तलबमान सहित रोजगारी दिन सक्नुपर्ने बताउनुभयो ।

महामन्त्री थापाले सरकारले सबैलाई रोजगारी दिन नसक्ने बताउँदै उहाँले सरकार माध्यम बन्नुपर्ने बताउनुभयो । निजी क्षेत्रसँगको सहकार्यमा रोजगारीको सृजना गर्न सरकारले वातावरण सृजना गर्नुपर्नेमा थापाले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्