११ माघ २०८१, शुक्रबार

लेखा समितिका सभापति पोखरेलका पूर्वस्वकीय सचिव ५ लाख धरौटीमा रिहा

कोलोराडोखबर संवाददाता , January 24th, 2025

नेपाल । जिल्ला अदालत मोरङले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

बिहीबार व्यक्ति ठगी मुद्दामा न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो । मोरङ अदालतका अनुसार पोखरेलविरुद्ध बुधबार ठगी मुद्दा दायर भएको थियो । बिहीबार बयान र थुनछेक बहसपछि ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

पोखरेलमाथि पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-५ का बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्