नेपाल । आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ ।
बुधबार भएको समूहचरणको अन्तिम खेलमा उपाधि दाबेदार अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो । समूह चरणमा नेपालले एउटा खेल पनि जित्न सकेन ।
मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपालले अष्ट्रेलियालाई बलियो चुनौति दिन सकेन । अष्ट्रेलियाले १४० रनको लक्ष्य दिएको थियो ।
नेपालले पूरै ओभर खेले पनि ८ विकेटको क्षतिमा ५६ रन मात्र बनाउन सक्यो ।
प्रतिक्रिया दिनुहोस्