८ माघ २०८१, मंगलवार

माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउने मन्त्रिपरिषद्‍ बैठकको निर्णय

कोलोराडोखबर संवाददाता , January 21st, 2025

नेपाल । विपक्षी दलहरुले संसद अधिवेशन छिट्टै बोलाउन माग परिरहेका बेला सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउने निर्णय गरेको छ ।

बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय पनि गरेको कानुनमन्त्री अजयकुमार चौरसियाले जानकारी दिए ।

संसदको वर्षे अधिवेशन गत भदौ ३१ गते सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्