८ माघ २०८१, मंगलवार

अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ ग्रहण

कोलोराडोखबर संवाददाता , January 21st, 2025

अमेरिका । अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण गरेपछि उनले अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना प्रस्तुत गरे ।

उनले राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गरे ।

ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहमा अमेरिकाका नागरिकलाई एकताबद्ध भएर काम गर्नको लागि आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्