नेपाल । पतञ्जलीको भ्रामक विज्ञापन गरेको कसुरमा भारतीय योग गुरु तथा पतञ्जली योग पीठका संस्थापक रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
केरला औषधी नियन्त्रण विभागले रामदेव र आचार्य बालकृष्णविरूद्ध औषधी ऐन आकर्षित गर्दै पक्राउ पुर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अदालतले बाबा रामदेवलाई पेशीको लागि बोलाए पनि उपस्थित नभएका कारण पक्राउ पुर्जी जारी गरेको हो । अदालतले यस्तो उल्लङ्घनलाई गम्भीर रूपमा लिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्