११ आश्विन २०८१, शुक्रबार

सभामै बिस्फोट हुँदा इरानमा १०३ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , January 4th, 2024

एजेन्सी । एक सभा चलिरहँदा इरानमा बुधबार दुःखद् घटना भएको छ ।

हत्या गरिएका जनरल कासिम सुलेमानीको स्मृतिमा आयोजित सभामा विस्फोट हुँदा १०३ जना भन्दा बढीको मृत्यु भएको खबर आएको छ ।

घटनामा सयौं घाइते भएका छन् । चार वर्षअघि बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार अमेरिकी हवाइ आक्रमणमा सुलेमानी मारिएका थिए । उनको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा दुई बिस्फोट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्