नेपाल । रास्वपा सभापति रवि लामिछानेविरुद्ध बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणको मुद्दा आइतबार रुपन्देही जिल्ला अदालतमा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दर्ताका लागि पठाएको फाइल रुजु गरेर दर्ता गरिएको हो ।
लामिछाने बिरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दता भएको हो ।
संगठित रुपमा ठगीको कसुरको यो मुद्दामा ४२ जना प्रतिवादी बनाइएको छ । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ । त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ ।
प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहितलाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन गत शुक्रवार प्रहरीले बुझाएको थियो ।
यसअघि कास्कीमा ६५ लाख र काठमाडौंबाट ६० लाख धरौटी बुझाएर लामिछाने थुनामुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्