अमेरिका । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाउने आदेशमा केही समयको लागि रोक लगाएसँगै आइतबादेखि बन्द रहेको टिकटक अमेरिकामा चलाउन सकिने भएको छ ।
आइतबार बिहानैदेखि अमेरिकामा सामाजिक सञ्जाल प्लेटफर्म टिकटक बन्द भएको थियो । बिहान प्रयोगकर्ताहरूको मोबाइलबाट टिकटक हटेको र गुगल प्ले स्टोर र एप्पल स्टोरमा एप्लिकेसन नै नदेखिने भएको थियो ।
अमेरिकी सरकारले टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनीलाई बाइटडान्सलाई टिकटक कि अमेरिकालाई बेच्नुपर्ने कि अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने बताएका थिए ।
त्यसविरूद्ध परेको मुद्दामा शुक्रबार अमेरिकी उच्च अदालतले सरकारको सोही निर्णयको सदर गरेपछि अमेरिकामा टिकटक बन्द भएको थियो । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले टिकटकलाई ९० दिनसम्मको समय दिने भनेका थिए । उनले सोमबारदेखि राष्ट्रपतिको कार्यभार सम्हाल्ने छन् ।
प्रतिक्रिया दिनुहोस्