नेपाल (मकवानपुर) । राष्ट्रिपति रामचन्द्र पौडेलले नेपाली सेनाको हेलिकप्टरमार्फत मकवानपुरको बकैया–११ स्थित लेनडाँडा आइपुगेर काठमाडौं–तराई/मधेस द्रुतमार्गको निरिक्षण गरेका छन् ।
निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नलगायतका विषयमा आवश्यक जानकारी लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिएका छन् ।
राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए ।
मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ ।
काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्व–पश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठुलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्