नेपाल । रास्वपाका सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको अभियोग लागेका डा. निकोलस भुसाल ५० हजार धरौटीमा रिहा भएका छन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले निकोलसलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सूर्यदर्शन सहकारी प्रकरणमा रवि हिरासतमा रहेका बेला निकोलसले सुतिरहेको फोटो सार्वजनिक गरेका थिए । सहकारी वकिल कार्यालय कास्कीले निकोलसविरुद्ध विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा मुद्दा दर्ता गराएको थियो ।
प्रतिक्रिया दिनुहोस्