५ माघ २०८१, शनिबार

जिबी राईको पासपोर्ट रद्द गर्न कास्की जिल्ला अदालतको अनुमति

कोलोराडोखबर संवाददाता , January 18th, 2025

नेपाल । सहकारी ठगी मुद्दामा फरार रहेका गिजेन्द्रबाबु (जिबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

कास्की अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले जिबीको राहदानी रद्द गर्न आदेश दिएको हो ।

राहदानी रद्द गर्न राहदानी विभागमा पत्र पठाउने निर्णय भएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल कार्यालयमार्फत् जिबीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्न माग गर्दै अदालतमा निवेदन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्