नेपाल । राष्ट्रिय सभा सदस्यका २० खाली सिट बाँडफाँटका लागि सत्ता गठबन्धन बैठकले नेकपा एमालेसँग ठोस प्रस्ताव माग्ने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले सिट बाँडफाँडबारे एमालेसँग ठोस प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको हो ।
राष्ट्रिय सभा निर्वाचनका लागि २३ गते उम्मेदवारी मनोनयन दर्ता समय रहेको छ । राष्ट्रियसभाका २० सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै छ ।
यसबारेमा छलफल गर्न बिहीबार प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली बिहीबार छलफलमा हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्