–आर.आर. चौलागाईं–
तिम्रो स्वर्गलाई म नर्क भन्छु
तिम्रो देउतालाई म राक्षस भन्छु
तिम्रो हरियालीलाई म पतझड भन्छु
तिम्रो पूर्णिमालाई म औंसी भन्छु ।
तिम्रो अमृतलाई म विष भन्छु
तिम्रो सुनलाई म पित्तल भन्छु
तिम्रो नायकलाई म खलनायक भन्छु
तिम्रो हलुवालाई म बालुवा भन्छु ।
तिम्रो दिनलाई म रात भन्छु
तिम्रो फूललाई म काँडा भन्छु
तिम्रो सुशासनलाई म कुशासन भन्छु
तिम्रो दरबारलाई म मसानघाट भन्छु ।
तिम्रो गठबन्धनलाई म ठगबन्धन भन्छु
तिम्रो कार्यकर्तालाई म दास भन्छु
तिम्रो सरकारलाई म मुर्दावाद भन्छु
तिम्रो मति फेरियो भने
म तिमीलाई जिन्दावाद भन्छु ।
–हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्