३ माघ २०८१, बिहीबार

नेपालमा फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

कोलोराडोखबर संवाददाता , January 16th, 2025

नेपाल । नेपाल आयल निगमले इन्धनको मूल्यवृद्धि गरेको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

पेट्रोलमा प्रतिलिटर रू. २ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रू. ३ वृद्धि गर्ने निर्णय भएको निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट बुधबार मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।

नयाँ तोकिएको मूल्य बुधबार राति १२ बजेदेखि लागु भएको छ । यसअघि निगमले गत पुस १६ गते इन्धनको मूल्य वृद्धि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्