२ माघ २०८१, बुधबार

हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सरकारको पहल तीब्र

कोलोराडोखबर संवाददाता , January 15th, 2025

नेपाल । इजरायल र प्यालेस्टाइनबिच युद्धविराम तथा बन्धकमुक्त गर्ने सम्झौताको अन्तिम तयारी चल्दै गर्दा हमास समूहले नियन्त्रणमा लिएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले पहल तीव्र पारेको छ ।

सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल तीव्र पारेको हो । अबको केही दिनभित्रै युद्धविराम सम्झौता हुने कार्य अन्तिम चरणमा पुगेको शक्ति राष्ट्र अमेरिका र मध्यस्थकर्ता मुलुकले जनाएका छन् ।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये करिब ३४ जनालाई मुक्त गर्ने पुष्टि भएसँगै परराष्ट्रमन्त्री डा. आरजु राणाले कूटनीतिक पहललाई थप तीव्रता दिनुभएको छ । परराष्ट्रमन्त्री राणाले हमाससँग सम्पर्कमा रहेका तथा युद्धविरामका लागि मध्यस्थता गरिरहेका मुलुकका उच्च अधिकारी तथा कूटनीतिज्ञहरूलाई जोशीको रिहाइका लागि थप पहल गरिदिन अपिल गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्