२३ माघ २०८१, बुधबार

चलचित्र ‘बसन्त’ को ‘साँझ पर्यो झमक्क’ बोलको गीत सार्वजनिक

कोलोराडोखबर संवाददाता , January 14th, 2025

नेपाल । चैत २२ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बसन्त’ को ‘साँझ पर्यो झमक्क’ बोलको गीत सार्वजनिक भएको छ । काठमाडौंमा शनिबार एक समारोहका बीच गीत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द संगीत प्रकाश सपुतको रहेको छ भने स्वर शान्ति श्री परियार र प्रकाश सपुतको रहेको छ ।

चैते दशैंको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको चलचित्र निर्माणमा आफु र आफ्नो टिमले निकै मेहनत गरेकाले आफूले सोचेको र खोजेकै जस्तो रिजल्ट निस्कनेमा गायक, अभिनेता तथा निर्देशक सपुतको विश्वास छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिएको छ ।

चलचित्र मा प्रकाश सपुतसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहनेछ ।

विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा चलचित्रले भन्ने छ ।

प्रतिक्रिया दिनुहोस्