नेपाल । चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा रेमिट्यान्सआप्रवाह ४.४ प्रतिशतले वृद्धि भएको छ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार ४२५ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ७१ हजार ९७५ र एक लाख दुई हजार ५४२ थियो ।
प्रतिक्रिया दिनुहोस्