नेपाल । जागिरको प्रलोभन देखाएर नेपाली युवाहरूलाई ठग्ने र अलपत्र पार्ने गरिएको भन्दै सरकारले थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस नजान भन्दै नेपालीहरूका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार ट्राभल एड्भाइजरी जारी गर्दै ती देशहरूमा जबर्जस्ती अवैध काममा लगाइएको पाइएको जनाएको छ ।
वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्याई अलपत्र पार्ने एवं प्रचलित कानुनबमोजिम निषेध गरिएका कार्यहरूमा संलग्न हुने काम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्यहरू नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्