१२ पुष २०८१, शुक्रबार

सहकारी ठगीमा जीबी राईसहित १९ जना बिरुद्ध मुद्दा दर्ता

कोलोराडोखबर संवाददाता , December 21st, 2024

नेपाल । शुक्रबार कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा अध्यक्ष जितेन्द्रबहादुर (जीबी) राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।

१९ जनामध्ये ६ जना पुर्पक्षका लागि कास्की कारागार, तीन जना अन्य जिल्लाका कारागारमा रहेका छन् । १० जना फरार छन् । यो मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नाम पनि जोडिएको भए पनि उनीविरुद्ध मुद्दा दर्ता भएको छैन ।

पुरानो मुद्दामा एक अर्ब ११ करोड १९ लाखभन्दा केही बढी भएकोमा अहिले ४० करोड रुपैयाँ थपिएको छ ।

रास्वापा सभापति रवि लामिछाने, पूर्व डीआईजी छबिलाल जोशीसहितका पाँच जना नयाँ आरोपितलाई प्रतिवादी कायम गरेको अभियोगपत्र आइतवार मात्र दर्ता हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्