नेपाल । कर्णाली याक्सलाई पराजीत गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ ।
कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
१९औं ओभरमा १४ रन लिदै जनकपुरले फाइनल यात्रा तय गर्यो ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको थियो ।
कर्णालीलाई हराएको जनकपुरले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्