७ बैशाख २०८२, आईतवार

सुदूरपश्चिम एनपीएलको फाइलनमा प्रवेश, कर्णाली दोस्रो क्वालिफायरमा

कोलोराडोखबर संवाददाता , December 19th, 2024

नेपाल । जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइलनमा प्रवेश गरेको छ ।

बुधबार टीयु क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइलनमा स्थान सुरक्षित गरेको हो ।

जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गर्यो ।

यता, इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स एनपीएलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

कर्णालीले अब फाइलन प्रवेशका लागि जनकपुर टोलीसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्