काठमाडौं । सरकारले ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु भएका परिवारलाई प्रतिपरिवार १० लाख रूपैयाँ दिने निर्णय गरेको छ ।
शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।
इपीएस कोरिया भाषा परीक्षाका लागि फारम भर्न पाउनुपर्ने माग गर्दै शुक्रबार आन्दोलनमा उत्रिएका युवाहरूमाथि प्रहरीले गोली चलाउँदा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । घाइतेहरूको उपचार खर्च पनि सरकारले बेहोर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्