७ बैशाख २०८२, आईतवार

नेपाल र चीनबीच डेढ अर्ब अमेरिकी डलर बराबरको राँगाभैँसीको मासु निर्यात गर्ने समझदारी

कोलोराडोखबर संवाददाता , December 18th, 2024

नेपाल । नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलर बराबरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ ।

सोमबार आयोजित कार्यक्रममा नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

समझदारीसँगै सो कम्पनीले पहिलो चरणमा वार्षिक उक्त मूल्य बराबरको मासु निर्यात गर्ने लक्ष्य राखेको छ। चीनमा वार्षिक २७ लाख मेट्रिकटन मासु आयात हुने तथ्याङ्क छ।

हिमालयन फुड इन्टरनेशनलको सहकार्यमा ६ अर्ब रुपैयाँको लागतमा पूर्ण स्वचालित आधुनिक पशु वधशाला आउँदो ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने समझदारी बनेको छ।

हिमालयन फुड प्रशोधित मासु निर्यातका लागि विसं २०६८ मा स्थापना भएको थियो। कम्पनीले विभिन्न मुलुकमा प्रशोधित मासु निर्यात गर्दै आइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका क्रममा नेपाल र चीनबीच प्रशोधित राँगाभैँसीको मासु चीन निर्यात गर्नेसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो।

प्रतिक्रिया दिनुहोस्