७ बैशाख २०८२, आईतवार

डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै

कोलोराडोखबर संवाददाता , December 18th, 2024

नेपाल । बुधबार डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस । संयुक्त राष्ट्र संघले १८ डिसेम्बर १९९० मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइन्छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीको योगदानलाई मान्यता दिन विश्वव्यापीरूपमा यो दिवस मनाइन्छ ।

वर्तमान समयमा आप्रवासन समाजको अभिन्न आयाम बन्न पुगेको छ । यसका विभिन्न कारणमध्ये गरिबी, युद्ध, आन्तरिक द्वन्द्व तथा असुरक्षा, जलवायु परिवर्तनको असर, काम तथा रोजगारीको खोजी, विश्वव्यापीकरण एवं सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासलाई लिने गरिएको छ।

अन्तराष्ट्रिय आप्रवासन सङ्गठन (आईओइम) द्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन, २०२४ अनुसार विश्वभर अनुमानित २८.१ करोड मानिस आप्रवासीका रूपमा रहेका छन्, जसमध्ये आप्रवासी श्रमिकको सङ्ख्या १६.९ करोड छ ।

प्रतिक्रिया दिनुहोस्