नेपाल । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ ।
सोमबार परिसूचक ५१ दशमलव ३७ अङ्कले घटेर दुई हजार छ सय ३० दशमलव ९१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको गिरावट हो ।
तीन सय चार कम्पनीको एक करोड २७ लाख ४५ हजार सात सय ७७ कित्ता शेयर ६७ हजार छ सय ४८ पटक खरिदबिक्री भएको छ । नेप्सेमा पाँच अर्ब ९३ करोड ५६ लाख चार हजार आठ सय ४७ बराबरको कारोबार भएको छ ।
सोमबार सबै समूहको उपसूचक रातो देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्