अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको तयारी शुरु भएको छ । यसैक्रममा आगामी कार्यकाल २०२५–२०२७ को लागि राष्ट्रिय समिति (एनसीसी) को सदस्यता वितरण प्रक्रिया शुरू गरिएको छ ।
एनआरएनएले आगामी जुलाई २०२५ भित्र राष्ट्रिय समितिको निर्वाचन सम्पन्न गर्ने योजना बनाएको छ। त्यस्तै, अक्टोबर २०२५ मा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को १२ औं महाधिवेशन र निर्वाचन पनि गर्नुपर्ने वैधानिक व्यवस्था रहेको संघले जनाएको छ ।
गत अक्टोबर २०२३ मा सम्पन्न ११औं महाधिवेशनबाट निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यसमितिलाई सर्वोच्च अदालतले वैधता दिएको थियो । त्यसपछि १२औं महाधिवेशनको तयारी थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्