७ बैशाख २०८२, आईतवार

एनपीएलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्लेअफमा प्रवेश

कोलोराडोखबर संवाददाता , December 16th, 2024

नेपाल । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ । आइतबारको खेलमा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थान बनाएको हो ।

सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखराले १४८ रनमा समेटियो । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

यता, काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित भएको छ । विराटनगर किंग्सले दिएको ११७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभर १ बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभर ५ बलमा ११७ रनमा समेटिएको थियो ।

एनपीएलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई झिनो अन्तरले पराजित गरेसँगै चितवन राइनोजले प्लेअफमा स्थान बनाएको छ । समान ८ अंक रहेको चितवन रनरेटका आधारमा प्लेअफमा स्थान पक्का गरेको छ । काठमाडौं र चितवनले समान ४ खेलमा जित र ३ खेलमा हार बेहोरेका छन् ।

प्रतिक्रिया दिनुहोस्