नेपाल । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो हार बेहोरेको छ ।
लगातार ४ खेलमा जित निकालेको जनकपुर पाचौं खेलमा सुदुरपश्चिम रोयल्ससँग ७२ रनले पराजित हुन पुग्यो ।
सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२ ओभर एक बलमा ५१ रनमा समेटिएको हो ।
यता, लुम्बिनी लायन्सलाई काठमाडौं गुर्खाजले १८ रनले पराजित गरेको छ । टस जितेर सुरूमा ब्याटिङमा उत्रिएको काठमाडौंले सबै विकेट गुमाएर १०३ रन बनायो ।
१०४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको लुम्बिनीले सबै विकेट गुमाएर ८५ रन बनायो ।
प्रतिक्रिया दिनुहोस्