२७ मंसिर २०८१, बिहीबार

नेपाली बजारमा सुनको मूल्य १ लाख ५२ हजार २०० रुपैयाँ कायम

कोलोराडोखबर संवाददाता , December 11th, 2024

नेपाल । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा २१०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार १०० रुपैयाँ कायम भएकोमा मंगलबार बढेर तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्