अमेरिका । बंगलादेशले लगातार दोस्रो पटक यू-१९ एसियाकपको उपाधि जितेको छ ।
आइतबार दुबइमा भएको फाइनलमा भारतलाई ५९ रनले पराजित गर्दै उपाधि जितेको हो । यो प्रतियोगितामा नेपाली युवा टिम भने समूहचरणबाटै बाहिरिंदै घर फर्किएको थियो । नेपालकै समूहमा रहेको बंगलादेशले उपाधि उचालेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.१ ओभरमा १ सय ९८ रन बनाएको थियो ।
१ सय ९९ रनको लक्ष्य पछ्याएको भारत कमजोर ब्याटिङको सिकार भयो ।
प्रतिक्रिया दिनुहोस्