–तुलसी घिमिरे–
दुश्मनले बाटोघाटो दाउ बुझ्दै हिड्छ
फुलैफुलले सजिएको गाउँ खोज्दै हिड्छ
सत्रुहरु जति आउन मान्दिन म पिर
नेपालीको छोरो हुँ म झुक्दैन यो शिर ।
कम्मरमा खुकुरी छ शिरमा ढाकाटोपी
हिडेको छु आत्मविश्वास सधैभरी बोकि
बगेको छ रातो रगत काली तिरै तिर
नेपालीको छोरो हुँ म ###
शिरमाथी छ चन्द्र सुर्य झन्डा फरफर
जहाँ अग्लो हिमाल छ त्यही मेरो घर
देशको खातिर खुन दिने नेपाली म विर
कस्तै दुख आउँदा पनि झुक्दैन यो शिर ।
हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्