११ पुष २०८१, बिहीबार

स्थानीय तहको उपनिर्वाचनको नतिजापछि हौसियो माओवादी, ०८४ मा एक्लै चुनाव लड्ने

कोलोराडोखबर संवाददाता , December 6th, 2024

नेपाल । स्थानीय तहको उपनिर्वाचनको नतिजापछि नेकपा माओवादी केन्द्र हौसिएको छ । अब उसले २०८४ को निर्वाचनमा कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ ।

अध्यक्ष प्रचण्ड निवासमा भएको पदाधिकारी बैठकमा उपचुनावको समीक्षा गर्दै सबैतिर माओवादीको राम्रो जनमत आएको ठहर गरेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै कीर्तिपुरमा हारे पनि जितकै रूपमा लिएर पार्टी कार्यकर्ता उत्साहित भएको बताए । उनले आगामी जितका लागि उपचुनावले थप आधार दिएको बताए ।

सापकोटाले अब २०८४ को चुनावको एजेण्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति,पूर्ण समानुपातिक निर्वाचन र सांसदहरु मन्त्री नबन्ने गरी संविधानमा व्यवस्था गर्नेतर्फ रहने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्