२७ मंसिर २०८१, बिहीबार

नेपालमा सुन प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार

कोलोराडोखबर संवाददाता , December 6th, 2024

नेपाल । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधवार तोलामा एक लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तीन सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । यसअघि प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८८० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्