९ बैशाख २०८२, मंगलवार

बाह्रखरी कथा लेखन प्रतियोगितामा विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ प्रथम

कोलोराडोखबर संवाददाता , December 6th, 2024

नेपाल । छैटौँ संस्करणको डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ प्रथम भयो ।

मंसिर १६ गत आइतबार काठमाडौंमा बाह्रखरी मिडियाद्वारा आयोजित विशेष समारोहमा विजेता घोषणा गरिएको हो ।

प्रतियोगितामा कथाकार प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ द्वितीय र विवेक धिमालले ‘मैले देखेको विद्यालय’ शीर्षकको कथामार्फत तृतीय पुरस्कार प्राप्त गरे ।

प्रथम, द्वितीय र तृतीय हुने कथाकारले क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

बाह्रखरी मिडियाले आयोजना गरेको प्रतियोगितामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट नेपाली कथाकारका ९३७ कथा प्राप्त भएको थियो । तीमध्ये उत्कृष्ट २५ कथाको संग्रह ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तकको लोकार्पण पनि कार्यक्रममा गरियो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, साहित्यकार, कलाकारलगायत व्यक्तिहरूको ठूलो संख्यामा उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्