९ बैशाख २०८२, मंगलवार

अमेरिकाको वासिङ्टन डिसीमा साहित्यकार तिमल्सिनालाई अभिनन्दन

कोलोराडोखबर संवाददाता , December 5th, 2024

अमेरिका । साहित्यकार प्राडा मोहनप्रसाद तिमल्सिनालाई अमेरिकाको वासिङ्टन डिसीमा अभिनन्दन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी च्याप्टरले तिमल्सिनालाई अभिनन्दन गरेको हो ।

नेपाली भाषाको प्राध्यापन गरी हजारौँ विद्यार्थीलाई नेपाली भाषा साहित्यमा दक्ष बनाएको तथा प्राध्यापनको माध्यमबाटै नेपाली भाषा र साहित्यको संरक्षण र विस्तारमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै तिमल्सिनालाई सम्मान गरिएको संस्थाले जनाएको छ ।

नेपाली शास्त्रीय काव्यरचना परम्पराको विकासमा समेत तिमल्सिनाको योगदान महत्त्वपूर्ण रहेकोले पनि अभिनन्दन गरिएको संस्थाका अध्यक्ष पुष्करराज पन्तले बताउनुभयो ।

“प्राध्यापनको माध्यमबाट नेपाली भाषा साहित्यको संरक्षण र विस्तार गर्नुका अतिरिक्त यहाँले शास्त्रीय छन्दमा विविध काव्य सिर्जना गरी नेपाली शास्त्रीय काव्यरचना परम्पराको विकास एवम् प्रत्यक्ष रूपमा संलग्न रहेर सामाजिक जागरणका निमित्त अथक रूपमा दिइरहनुभएको योगदानको सम्मानस्वरुप यहाँलाई यस अभिनन्दन पत्रबाट अभिनन्दन गर्दछौँ” अभिनन्दन पत्रमा भनिएको छ ।

तिमल्सिनाले त्रिभुवन विश्वविद्यालयको नेपाली नेपाल विभाग अन्तर्गत रहेर नेपाली भाषा र साहित्यको प्राध्यापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्