२० मंसिर २०८१, बिहीबार

दक्षिण कोरियामा राष्ट्रपतिद्वारा आपत्कालीन सैन्य शासन घोषणा

कोलोराडोखबर संवाददाता , December 4th, 2024

अमेरिका । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मङ्गलबार आपत्कालीन सैन्य कानून (मार्सल ल) घोषणा गरेका छन् । उनले बजेट ‘साम्यवादी शक्तिहरू’ बाट देशको रक्षा गर्न यो कदम आवश्यक रहेको उल्लेख गरेका छन् ।

“उत्तर कोरियाका साम्यवादी शक्तिद्वारा निम्त्याइएका खतराबाट दक्षिण कोरियालाई संरक्षण गर्न र विरोधी राज्य तत्वहरूलाई उन्मूलन गर्न म आपत्कालीन सैन्य कानून घोषणा गर्दछु”, युनले राष्ट्रलाई प्रत्यक्ष टेलिभिजन सम्बोधनमा भने, “जनताको जीविकोपार्जनलाई कुनै ध्यान नदिई विपक्षी पार्टीले महाभियोग, विशेष अनुसन्धान र आफ्नो नेतालाई न्यायबाट जोगाउनका लागि मात्र शासनलाई कमजोर बनाएको छ।”

“म सकेसम्म चाँडो राज्यविरोधी शक्तिहरूलाई हटाएर देशलाई सामान्य अवस्थामा फर्काउनेछु”, उनले भने।

प्रतिक्रिया दिनुहोस्