१९ मंसिर २०८१, बुधबार

कोशीको आन्तरिक मामिला तथा कानून मन्त्रीमा एमाले सांसद भण्डारी नियुक्त

कोलोराडोखबर संवाददाता , December 3rd, 2024

नेपाल । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा एमाले सांसद रेवतीरमण भण्डारी नियुक्त भएका छन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार भण्डारीलाई मन्त्री नियुक्त गरेका हुन् ।

भण्डारी सुनसरी निर्वाचन क्षेत्र नम्बर २ (क) बाट २०७९ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

यसअघि आन्तरिक मामिला मन्त्री रहेका लीलावल्लभ अधिकारी जापानमा मानव तस्करी प्रकरणमा तानिएपछि राजीनामा गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्