१२ पुष २०८१, शुक्रबार

३७औँ विश्व एड्स दिवस मनाइँदै

कोलोराडोखबर संवाददाता , December 1st, 2024

अमेरिका । ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ डिसेम्बर १ का दिन आइतबार ३७औँ विश्व एड्स दिवस मनाइँदैछ।

सन् २०१० यता विश्वमा एचआईभी सङ्क्रमण ३९ प्रतिशतले घटेको छ। यसैगरी एड्सबाट मृत्युवरण गर्नेको सङ्ख्या आधाले घटेको छ ।

अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुवान्यूगिनी र साउदी अरबमा भने सन् २०१० देखि २०२३ को बीचमा एचआईभी सङ्क्रमणमा शतप्रतिशतले वृद्धि भएको छ ।

एचआइभी सङ्क्रमण ७५ प्रतिशतले घटाउने देशमध्येमा हाम्रो मुलुक नेपाल पनि एक हो । यस्तै सफलता केन्या, मलावी र जिम्बावेले हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्