नेपाल । कम्बोडियाको पाँचदिने भ्रमण सकी सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन्।
पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजधानी नोमपेन्ह पुगेका सभामुख थाई एयरको जहाजबाट काठमाडौं फर्किएका हुन् ।
सभामुखलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलगायत उच्च अधिकारीले स्वागत गरे ।
सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपीटीपी) को ११ औँ पूर्णसत्रमा सहभागी हुन गएका हुन् । उनले आइतबार सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को ११ औँ पूर्णसत्रमा सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्