नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार पोखराबाट काठमाडौं ल्याइने भएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याउन लागिएको हो ।
लामिछानेको पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान सकिएको प्रहरीले जनाएको छ ।
काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई फेरि कास्की नै लगिने छ।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिका लामिछानेलाई यसअघि रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो ।
लामिछाने लगायतविरुद्ध कास्कीपछि रुपन्देही, चितवन र काठमाडौंमा पक्राउ पूर्जी जारी छ । उनलाई बयानका लागि चितवन पनि लैजाने प्रहरीको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्