१० मंसिर २०८१, सोमबार

गठबन्धनको सरकार कतिखेर ढल्ने हो ठेगान नभएको माधव नेपालको टिप्पणी

कोलोराडोखबर संवाददाता , November 25th, 2024

नेपाल । नेकपा (एस) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन धरापमा रहेको संकेत गर्नुभएको छ ।

शुक्रबार काभ्रेको बनेपामा जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुई दलिय गठबन्धनको सरकार कतिखेर ढल्ने हो ठेगान नभएको टिप्पणी गर्नुभएको हो ।

सरकारले नेपाली जनतालाई डृलिभरि दिन नसके भन्दै उहाँले स्थायित्व पहिला कि सुशासन पहिला भनी प्रश्न गर्नु भएको छ । संख्यात्मक हिसाबले दुई तिहाइको सरकार भए पनि कुनै अर्थ नभएको नेपालको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्