१० मंसिर २०८१, सोमबार

मंसिर १६ गते उपनिर्वाचन हुने स्थानमा सार्वजनिक बिदा

कोलोराडोखबर संवाददाता , November 25th, 2024

नेपाल । मंसिर १६ गते उपनिर्वाचन हुने स्थानमा मतदान गर्ने दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।

आयोगले स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक विदा दिने र मतदाताका लागि मतदान गर्न सहज वातावरण बनाउनका लागि आयोगले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो ।

आयोगले मंसिर १६ मा मतदान हुने दिन स्थानीय तहको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदका लािग उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्र सम्बन्धित स्थानीय तह अन्तरगतका कार्यालयमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउने मन्त्रालयलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्