नेपाल । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
दुर्गालाई सीआईबीले साइबर क्राइम कसुरमा पक्राउ गरेको थियो । यसअघि अदालतबाट लिएको अनुमति सकिएसँगै प्रहरीले म्याद थपका लागि अदालतमा पेश गरेको थियो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलको इजलासले उनलाई पुनः ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईँलाई यसभन्दा अघि पनि अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उनको यो दोस्रो पटक म्याद थप हो ।
प्रसाईविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ, संगठित अपराधलगायतका कसुरमा अनुसन्धान गरिरहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा २१ करोड अमेरिकी डलर लगानी गरेको दाबी गर्दै एक भिडियो सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्